दफा
नगर विकास ऐन, २०४५ मा संशोधन

नगर विकास ऐन, २०४५ को,को,–
(१)दफा १० को,–(१)१)दफा १० को,–(
क) उपदफा १०.२ मा रहेका “दफा २० बमोजिमको पुनपुनरावेदन समिति समक्ष” भन्ने शब्दहरुको सट्टा
“सम्बन्धित पुनरावेदन अदालत समक्ष” भन्ने शब्दहरु राखिएका छन् ।
(ख) ठाउँ ठाउँमा रहेका “पुनरावेदन समिति” भन्ने
शब्दहरुको सट्टा “पुनरावेदन अदालत” भन्ने शब्दहरु राखिएका छन् ।
(२) दफा १८ को उपदफा १८.५ मा रहेका “पुनरावेदन समितिमा” भन्ने शब्दहरुको सट्टा “पुनरावेदन अदालतमा”
भन्ने शब्दहरु राखिएका छन् ।
(३) दफा १९ मा रहेका “दफा २० बमोजिमको पुनरावेदन
समितिमा” भन्ने शब्दहरुको सट्टा “पुनरावेदन अदालतमा” भन्ने शब्दहरु राखिएका छन् ।
(४) दफा २१ मा रहेका “समिति वा पुनरावेदन समितिका
सदस्य” भन्ने शब्दहरुको सट्टा “समितिका सदस्य” भन्ने शब्दहरु राखिएका छन् ।
(५) दफा २७ पछि देहायको दफा २७क. थपिएको छ ः–

“२७क. पुनरावेदन अदालतमा मुद्दा सर्ने ः यो दफा प्रारम्भ
हुनु अघि तत्काल कायम रहेको पुनरावेदन समितिमा दायर भई छिन्न बाँकी रहेका मुद्दाहरु सम्बन्धित पुनरावेदन अदालतमा सर्ने छन् ।”
(६) दफा २० खारेज गरी सो दफा बमोजिम रहेको पुनरावेदन समिति विघटन गरिएको छ ।